

सर्लाही : लातो हावा चल्न नरोकिएपछि सर्लाहीको हरिवन नगरपालिका क्षेत्रका विद्यालय बन्द भएका छन् ।
आगामी शनिबारसम्मका लागि पालिका क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको हरिवन नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले मंगलबार सूचना जारी गर्दै आगामी आइतबारदेखि मात्रै पठन पाठन सुरु गर्न भनेको हो ।
अत्यधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाको सूचनामा उल्लेख छ ।
शनिबार सर्लाहीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सीयस नाघेको थियो ।


