

काठमाडौं : मिस नेपाल वल्र्ड श्रीच्छा प्रधान र मिस नेपाल इन्टरनेशनल प्रसिद्धी शाहले आफूहरु महिला स्वास्थ्यको प्रवद्र्धनमा सक्रिय हुने बताएका छन् । नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्जमा हिजाे आयोजित एक कार्यक्रममा मिस नेपाल वल्र्ड प्रधानले आफू वातावरण विज्ञानको विद्यार्थी भएकोले वातावरण संरक्षण र स्वास्थ्य एकअर्काका परिपुरक भएकोले स्वास्थ्य अझ महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताएकी हुन् ।
कार्यक्रममा मिस नेपाल इन्टरनेशनल प्रशिद्धी शाहले महिलाहरुमा हुने मुत्ररोगका समस्या सामान्य रुपमा देखिएपनि विविध कारणले असामान्य रूपमा फैलिरहेकोले आफूले यसका लागि सम्भव भएका सबै क्षेत्रमा पहल गर्ने बताइन् ।
मिस नेपालहरुले विभिन्न माध्यमहरुबाट प्रवद्र्धनात्मक स्वास्थ्यलाई आम जनसमुदायसमक्ष पुर्याईरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए । मिस नेपाल प्रतियोगिताका विभिन्न स्वास्थ्यजन्य कार्यक्रमहरुमा आफूहरुको उपस्थिति रहने गरेको र विशेषगरि मिस नेपालहरुले आफ्नो कार्ययोजनामा स्वास्थ्यसम्बद्ध विषयहरुलाई परियोजनाको रुपमा अगाडि बढाउंदा नेपाल मेडिसिटी अस्पतालले प्राविधिकलगायतका सहयोग गर्ने अस्पताल प्रमुख रिमालले बताए ।


