

ताप्लेजुङ : जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेश समितिले प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य सेवा ऐन अध्यादेश २०८० खारेज गर्न माग गरेको छ ।
ताप्लेजुङस्थित तीन हजार ७९४ मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा सम्पन्न महासङ्घ प्रदेश समितिको बैठकले जनस्वास्थ्य ऐन खारेज गर्नुपर्ने माग लगायत विभिन्न निर्णय गरेको हो । जिल्ला समन्य समिति महासङ्घ कोशी प्रदेश समितिको सोमबार सम्पन्न बैठकले कायम रहँदै आएको जिससको अधिकार कटौती गर्दै जनघाती जनस्वास्थ्य सेवा ऐन ल्याएको भन्दै खारेज गर्नुपर्ने माग गरेको छ ।
अध्यादेशमार्फत कोशी प्रदेश सरकारले जनस्वास्थ्य ऐन जारी गरी जिससको अधिकारक्षेत्र खोस्ने कुचेष्टा गरेकोभन्दै तत्काल खारेज नगरिए सशक्त आन्दोलन गर्नेसमेत बैठकले निर्णय गरेको छ ।


