

काठमाडौं : कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारीको अध्यक्षतामा ‘एकेडेमी अफ जीआई एन्ड एचपीबी सर्जन नेपाल (एजीएचएसएन)’ स्थापना भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. भण्डारी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको मात्रै संलग्नतामा पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने टोलीको नेतृत्वकर्ता हुन् ।
समितिको उपाध्यक्षमा डा. शरद पोख्रेल, महासचिवमा डा. नारायण बेल्बासे, कोषाध्यक्षमा डा. विष्णु कँडेल, सहकोषाध्यक्षमा डा. नीराजन सुवेदी र डा. निश्नाता कोइराला चयन भएका छन् । यसैगरी, सदस्यमा डा. नरेन्द्र पण्डित, डा. नवीन पोख्रेल, डा. सुरेन्द्र शाह, डा. राजेश मण्डल, डा. कुनाल देव र डा. पलेश्वाँ जोशी लाखे रहेका छन् ।


