

काठमाडौं : राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव पेस भएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सांसद कमला पन्तले सो प्रश्ताव पेश गरेकी हुन् ।
पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई अकाल मृत्युबाट बचाउन सरकारलाई सचेत गराउन सो संकल्प प्रश्ताव राष्ट्रियसभामा पेस गर्नुपरेको सांसद पन्तले बताइन् ।
उनले नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेको उल्लेख गर्दै नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यताअनुरूप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताइन् ।
सद पन्त प्रश्तावक रहेको संकल्प प्रश्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तीदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक छन् ।


