

पोखरा : गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताएका छन् ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय छुट्याइएको तथा आन्तरिक मामिला मन्त्रालय पनि छुट्टै बनाउने निर्णय गरिएको उनले बताएका छन् ।
गण्डकी प्रदेशमा कुनै समय १२ वटासम्म मन्त्रालय बनेका थिए। २०७९ पुस २५ गते खगराज अधिकारी मुख्यमन्त्री हुँदा ७ मन्त्रालयमा झारेका थिए । फेरि उनले नै थपेर ९ वटा बनाएका छन् ।


