

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । डा चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।


