स्वास्थ्य डायरी

काठमाडौं- काठमाडौं महानगरपालिकाले निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गर्ने भएको छ । आउँदो हप्तादेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा सेवा सुरु गर्न लागेको महानगरले जनाएको छ । सुरुमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नं. १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २७ मा र बिहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रबर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम लागू…

विस्तृतमा...

झापा- झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुन् । उनको घुँडामुनिको भाग सुन्निएको छ। दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उनको दैनिकी केही सहज बनेको छ । सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उनलाई स्वयं हेरचाह तालिम दिएपछि उनी आफ्नो स्वास्थ्यको स्याहार आफैँ गर्न सक्ने भएकी हुन् । “२५–३० वर्ष भयो रोग लागेको”, लुगा धुने ठूलो बाटामा दुवै खुट्टा डुबाएर सरसफाइ गर्न बसेकी उनले भनिन्, “बिरामी खुट्टा कसरी सफा गर्ने थाहा भयो ।” उनीजस्तै हात्तीपाइलेपीडित झापा गाउँपालिका–५ पन्थापाडाकी बिनादेवी गणेशलाई अहिले उठबस गर्न समस्या हुन्छ। स्वयं हेरचार तालिम लिएपछि आफ्नो दैनिकी केही सहज भएको उनको अनुभव…

विस्तृतमा...

काठमाडौं- काठमाडौंको महाराजगंजस्थित कान्ति बाल अस्पतालकाे लापरबाहीले एक शिशुको शरीरभित्र ७ दिनसम्म भाँचिएको सुई रहेकाे खुलेकाे छ । कान्ति बाल अस्पतालका निर्देशक डा.पंकज राय नेतृत्वको टिमले ती नवजात शिशुको शरीरभित्रै सुई छाडि दिएका हुन् । सिन्धुली तीन पाटन–४ कि रिमा सुस्लिङ्ग गत कार्तिक २६ गते १३ दिनकी छोरी उपचार गराउन कान्ति बाल अस्पताल पुगेकी थिइन् । डाक्टरहरुले नवजात शिशुलाई जन्डिस देखिएको बताए । सो क्रममा परीक्षणका लागि बच्चाको रगत निकालियो । बच्चाको थाईबाट रगत निकाल्ने क्रममा सुई शरीरभित्र नै भाँचिएकाे थियाे । तर, डाक्टरहरुले कुनै वास्ता नै गरेनन् । कार्तिक २९ गते अस्पतालले डिस्चार्ज दिएपछि बच्चा लिएर रिमाका सिन्धुली गइन् । तर, घर…

विस्तृतमा...

काठमाडौं- आवासीय चिकित्सकहरुले सरकारी सरह मासिक न्यूनतम ४८ हजार निर्वाह भत्ता नपाए काम छाडेर सडकमा उत्रने चेतावनी दिएका छन् । आवासीय चिकित्सकहरुको ६ वटा संघसंस्थाले निजी मेडिकल कलेजमा काम गर्ने आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सरकारीसरह हुनुपर्ने माग गरेका हुन् । आठौं तहको चिकित्सक बराबर मासिक निर्वाह भत्ताको व्यवस्था गरेर मात्र मेडिकल कलेजमा सिट निर्धारण गर्नुपर्ने ती संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।  चिकित्सक शिक्षा आयोगले निजी मेडिकल कलेजमा पढ्ने आवासीय चिकित्सकलाई तोकिएको निर्वाह भत्ता दिए मात्र मेडिकल कलेजहरुको सिट निर्धारण गर्ने जनाएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि आयोगले सो निर्णयबाट पछि हट्दै सिट निर्धारणको प्रक्रिया…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पैसाको अभावमा उपचार नपाउने अहिलेको स्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् । सातौं समामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा मंगलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसका लागि उनले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याई कार्यान्वयन गर्न आह्वान पनि गरे । उनले केही समयमा कानुन बनाएर एकीकृत गर्नसके झनै राम्रो हुने बताए। उनले लक्षित वर्ग स्पष्टसँग छुट्याउनसके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने स्पष्ट पारे । उनले नागरिकलाई दिने सेवा छिचोलेर नभई एकीकृत गरेर प्रभावकारी ढंगबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए। उनले सामाजिक सुरक्षामा जस्तै स्वास्थ्य…

विस्तृतमा...

-डा. अरुणा उप्रेती अभिभावकहरुले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरुलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरुको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ । साना शिशु र बालबालिकाको स्वास्थ राम्रो पार्न र उनीहरुलाई रोगसँग लड्ने शक्ति दिलाउन बाहिरका प्याकेटका खाना, सिसीमा राखेका महङ्गो खाना, उचाइ र बुद्धि बढाउने भनेर विज्ञापन गरिएका गलत खाना होइन, आफ्नो भान्छामा जे छ त्यसैलाई शिशुको रुचिअनुसार र उसले खानसक्ने गरी बनाएर दिनुपर्छ ।  अहिलेका बालबालिका आमाबुबाले माया गरेर बाहिरका खानेकुरा दिएको देख्दा दुःख लाग्छ । एउटा त यसले बच्चाको स्वाथमा नराम्रो असर पार्छ, अर्कोतिर बच्चाले जीवनभरको लागि घरको खानाभन्दा…

विस्तृतमा...

कैलाली- प्रधानमन्त्री केपी शर्मा ओलीले चार वर्षअघि एकैपटक शिलान्यास गरेका एउटा बाहेक कैलालीमा बाँकी अस्पताल भवन निर्माणको काम अलपत्र छन् । लम्की–चुहा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुषमा महता केसीका अनुसार अस्पतालको फाइल स्वास्थ्य मन्त्रालयमा पठाइएको भए पनि थप काम अघि बढ्न सकेको छैन । घोडाघोडी नगरपालिकाले जग्गाको भोगाधिकार लिन नसक्दा काम अगाडि बढाउन सकेको छैन । घोडाघोडीमा अस्पतालको पिल्लर मात्रै ठडिएका छन् । घोडाघोडीका नगरप्रमुख खड्क रावतले जग्गाको भोगाधिकार लिन नसक्दा र डीपीआर स्वीकृत नहुँदा काम हुन नसकेको बताए। मोहन्याल गाउँपालिकाले १० शय्याको अस्पताल निर्माणको प्रक्रिया अघि बढाएको थियो । तर अहिलेसम्म अस्पतालको पिल्लर मात्रै ठडिएका छन्। गाउँपालिकाले बजेट अभावका…

विस्तृतमा...

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो । जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदीले बताए । बेनी नगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा आठ सय ४७, २०७९/८० मा छ सय ७७, २०८०/८१ मा तीन सय ९२ र आव २०८१/८२ को हालसम्म एक सय ४९ जनाले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुवेदीले बताए…

विस्तृतमा...

चितवन– बीपी कोइराला मेमोरियल अस्पतालले बालबालिकाको निःशुल्क उपचार सुरु गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकोमा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न सुरु गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उनले भने, ‘मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।’ अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । उनले भने, ‘धेरै बिरामी हुन्छन्,…

विस्तृतमा...

काठमाडौ-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरुसँग आग्रह गरे ।पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैलै समीक्षा गरौं, उनले भने, स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा हामी विकास गराऔं ।मन्त्री पौडेलले आम नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कमसे कम भार पर्ने गरी काम गरिएको बताए ।…

विस्तृतमा...