हेटौंडा, ९ जेठ । मकवानपुरमा रहेको भीमफेदी कारागारका कैदिबन्दीमा झाडापखाला फैलिएको छ ।
कारागार कार्यालयका अनुसार त्यहाँ रहेका ३५ कैदीबन्दीमा झाडापखालाको संक्रमण देखिएको हो । सोमबारदेखि केही कैदीबन्दीबाट सुरु भएर अधिकांशलाई ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्न थालेको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले स्वास्थ्य डायरलाई जानकारी दिए।
संक्रमित कैदीबन्दीको थप उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीबाट चिकित्सक एवं स्वस्थ्यकर्मी मगाइएको कारागार कार्यालयले जनाएको छ ।
Last Modified Date: २०८० जेष्ठ ९, मंगलवार









