काठमाडौं, ३ कार्तिक । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दशैंको बिदाका कारण कार्यक्रम उक्त मितिमा सञ्चालन गरिने जनाएको हो ।
कार्यक्रम अन्तर्गत देशभरका ६ देखि ५९ महिनासम्मका शिशु तथा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ। जुकाको औषधि भने १२ देखि ५९ महिनासम्मका बालबालिकालाई खुवाइनेछ।
बालबालिकाको पोषण र स्वस्थ विकासका लागि सरकारले प्रत्येक वर्ष भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम चलाउँदै आएको छ ।
कार्यक्रम सञ्चालन हुने स्थानका बारेमा थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले अपिल गरेको छ ।
Last Modified Date: २०८३ कार्तिक ३, सोमबार









