

काठमाडौं । नेपाल फार्मेसी परिषद्को सदस्यमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला नियुक्त भएका छन्।
नवनियुक्त चारै सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
परिषद्को सदस्यमा नियुक्त उनीहरूले अब फार्मेसी क्षेत्रको नियमन तथा व्यवस्थापनसम्बन्धी जिम्मेवारी सम्हाल्नेछन्।



