

भरतपुर – रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता आफन्तको खोजीमा परिवारजन चितवनको भरतपुर पुगेका छन्। हातमा आफन्तको तस्वीर र मनमा आशा–त्रास बोकेर उनीहरू शव पहिचान केन्द्रमा एम्बुलेन्सको प्रतीक्षा गरिरहेका छन्।
भरतपुर अस्पतालको शवगृहमा सीमित क्षमता भएपछि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनमा तत्काल २५० वटासम्म शव राख्न सकिने विशेष कुलिङ हल तयार गरिएको छ। यहाँ शवको सनाखत र पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी गरिएको छ।
अहिलेसम्म चितवनमा १३० भन्दा बढी शव संकलन भएको जनाइएको छ। शव व्यवस्थापनका लागि २५ वटा एम्बुलेन्स तथा सुरक्षा निकाय परिचालन गरिएको छ।



