

वीरगन्ज- बारा जिल्लामा एक जना महिलामा हैजाको संक्रमण पुष्टि भएको छ। कलैया उपमहानगरपालिका–२३ बैराटपुरकी करिब ४१ वर्षीया महिलामा हैजाको संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य कार्यालयका अनुसार ती महिलाको वीरगन्ज–१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विगत दुई दिनदेखि उपचार भइरहेको छ।
गत शुक्रबारदेखि झाडापखालाबाट पीडित रहेकी ती महिलाको स्वास्थ्यमा सुधार नआएपछि आइतबार अस्पताल ल्याएर भर्ना गरिएको थियो। अस्पतालमा गरिएको परीक्षणका क्रममा उनको दिसामा हैजाका जीवाणु भिब्रियो कोलेरा भेटिएपछि संक्रमण पुष्टि भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी ती महिलाको उपचार भइरहेको र हाल स्वास्थ्य अवस्थाबारे चिकित्सकको निगरानीमा राखिएको जनाइएको छ।



