

काठमाडौँ- नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले आफ्नो ९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको क्यान्सर सचेतनामूलक ‘वाकाथन २०८३’ आज काठमाडौँमा सम्पन्न भएको छ।
‘क्यान्सरमुक्त भविष्यका लागि सँगै हिँडौँ’ भन्ने नारासहित बसन्तपुर दरबार स्क्वायरबाट सुरु भएको पदयात्रा विभिन्न मार्ग हुँदै पुनः बसन्तपुरमै पुगेर सम्पन्न गरिएको हो।

कार्यक्रममा सहभागीहरूले क्यान्सरबारे जनचेतना फैलाउने, समयमै जाँच गराउने र उपचारप्रति सकारात्मक सोच विकास गर्ने सन्देश दिएका थिए। “नेपालीको क्यान्सर उपचार नेपालमै नै” भन्ने मूल नारालाई अघि सार्दै सहभागीहरूले स्वास्थ्य सचेतना अभिवृद्धिमा जोड दिएका थिए।

पदयात्रा बसन्तपुरबाट इन्द्रचोक, असन, भोटाहिटी, दरबार हाई स्कुल, न्यू रोड गेट हुँदै पुनः बसन्तपुरमै आएर समापन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका क्रममा बसन्तपुर क्षेत्रमा सचेतनामूलक नाटकसमेत प्रदर्शन गरिएको थियो, जसले क्यान्सरको समयमै पहिचान, रोकथाम र उपचारको महत्वबारे जनस्तरमा सन्देश प्रवाह गरेको थियो।











![क्यान्सर सचेतनाका लागि ‘वाकाथन २०८३’ [फाेटाेफिचर]](https://swasthyadiary.com/wp-content/uploads/2026/05/nch-1024x683.jpg)