
काठमाडौँ – नेपालमा मधुमेहका बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएको तथ्यांकले देखाएको छ। सन् २०२४ मा करिब १२ लाख ६० हजार वयस्क नेपालीहरू मधुमेहबाट प्रभावित रहेको अनुमान गरिएको छ, जुन कुल वयस्क जनसंख्याको करिब ७.७ प्रतिशत हो। समयमै जाँच र रोकथाममा ध्यान नदिएमा सन् २०५० सम्म यो संख्या झण्डै २४ लाख पुग्न सक्ने चेतावनी दिइएको छ।
यसैबीच भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘नेपाल मेडिकल शो–२०२६’ मा मधुमेहसम्बन्धी जनचेतना अभिवृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरिएको छ। शोमा एकूरेक्स (ACCUREX) ले स्टल नम्बर A-155 मार्फत स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिरहेको छ।
एकूरेक्सले निःशुल्क रगतमा चिनी (सुगर) परीक्षण सेवा प्रदान गरिरहेको हो। साथै, एचबीएवानसी परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। एचबीएवानसी परीक्षणले पछिल्लो तीन महिनाको औसत रगतमा चिनीको स्तर देखाउने भएकाले मधुमेहको दीर्घकालीन अवस्थाबारे जानकारी लिन उपयोगी मानिन्छ। यस परीक्षणका लागि फास्टिङ आवश्यक पर्दैन।
“रोकथाम उपचारभन्दा राम्रो” भन्ने सन्देशका साथ सञ्चालन गरिएको उक्त अभियानमार्फत नागरिकलाई समयमै स्वास्थ्य जाँच गर्न आग्रह गरिएको छ। आयोजकले सबैलाई भृकुटीमण्डपस्थित बूथ A-155 मा उपस्थित भई सेवा लिन अनुरोध गरेका छन्।



