
काठमाडौं, २९ चैत । फ्रन्टलाईन डक्टर्स नेपाल नामक संस्थाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान र स्वास्थ्य मानव संसाधन व्यवस्थापन सुधारको माग गर्दै सामूहिक आन्दोलनको आह्वान गरेको छ।
संस्थाले सोमबार जारी गरेको विज्ञप्तिमा सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई एकजुट भई बैशाख १ गतेदेखि सुरु गरिने आन्दोलनमा सहभागी हुन आग्रह गरिएको छ। स्वास्थ्य क्षेत्रका समस्या र मागहरूलाई बुँदागत रूपमा प्रस्तुत गर्दै आवश्यक परे ‘मास प्रोटेस्ट’ मा रूपान्तरण गर्ने तयारी गरिएको जनाइएको छ।
विज्ञप्तिमा नर्सिङ, स्वास्थ्य सहायक तथा प्यारामेडिक्स, चिकित्सक र स्वास्थ्यसँग सम्बन्धित पेशागत संघ–संस्थाहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको छ। साथै, स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्था र विकास साझेदारहरूको सहयोग पनि अपेक्षा गरिएको छ।
विज्ञप्तिमा स्वास्थ्य क्षेत्रको दिगो सुधारका लागि एकीकृत पहल आवश्यक रहेको उल्लेख गरिएको छ।
विज्ञप्ति यसप्रकार छ ।



