
जमुनाह- कोहलपुर नगर अस्पतालमा न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य सेवा सहज, छरितो र सर्वसुलभ बनाउने उद्देश्यसहित उक्त सेवा सुरु गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिएका छन्।
उनका अनुसार डिजिटल प्रविधिमा आधारित एक्स–रे सेवाबाट बिरामीले छिटो रिपोर्ट प्राप्त गर्न सक्नेछन्, जसले उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउनेछ। विशेषगरी आर्थिक रूपमा कमजोर तथा सर्वसाधारण नागरिकलाई यसबाट राहत पुग्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख आचार्यले आवश्यक परेमा अस्पतालमै आएर सेवा लिन नगरवासीलाई आग्रह गरेका छन्। डिजिटल एक्स–रे सेवा सुरु भएसँगै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने विश्वास गरिएको छ।
Last Modified Date: २०८२ चैत्र २५, बुधबार




