
काठमाडौं – नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले क्यान्सर सर्भाइभरहरूको मनोबल बढाउने उद्देश्यसहित ५६औँ क्यान्सर सर्भाइभर मिट आयोजना गरेको छ। कार्यक्रममा अस्पतालकी ब्रान्ड एम्बासडर मिस नेपाल हङकङ इन्टरनेसनल–२०२६ दीपमाला खरेल ढकालको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्यान्सरबाट जोगिएका व्यक्तिहरूको संघर्ष, उपचार यात्रा र पुनःजीवनप्रतिको उत्साहलाई केन्द्रमा राखिएको थियो। सहभागीहरूले आफ्ना अनुभव साझा गर्दै एकअर्कालाई हौसला प्रदान गरेका थिए।

ब्रान्ड एम्बासडर खरेल ढकालले उपस्थित भएर सहभागीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको साहस र दृढताको प्रशंसा गरेकी थिइन्। कार्यक्रममा क्यान्सरविरुद्ध लडिरहेका तथा जितिसकेका व्यक्तिहरूलाई सम्मान गर्ने र उनीहरूको यात्रालाई उजागर गर्ने प्रयास गरिएको अस्पतालले जनाएको छ।
उक्त कार्यक्रमले स्वास्थ्य सचेतना, मानसिक सशक्तिकरण र समुदायबीच सहकार्यको सन्देश फैलाउने अपेक्षा गरिएको छ।




