
ललितपुर – विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलमा विविध जनचेतनामूलक कार्यक्रमहरूका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने मूल सन्देशलाई केन्द्रमा राख्दै आयोजना गरिएको कार्यक्रममा सर्वसाधारण, विद्यार्थी र स्वास्थ्यकर्मीको उत्साहजनक सहभागिता रह्यो।
कार्यक्रममा ¥याली, डेन्टल प्रदर्शनी, कला प्रतियोगिता, फ्ल्यास मोब, फेस पेन्टिङ, खेलकुद गतिविधि र सन्देशमूलक नाटकजस्ता गतिविधिहरू राखिएका थिए। यी माध्यमबाट सर्वसाधारणलाई मुख स्वास्थ्यको महत्वबारे जानकारी दिइएको र समयमै उपचार लिन प्रेरित गरिएको थियो।
यस अवसरमा किस्ट टिचिङ हस्पिटलले विशेष छुट योजनाको घोषणा पनि गरेको छ। डेन्टल उपचारमा २५ प्रतिशत छुट र अर्थोडोन्टिक्स (दाँत मिलाउने उपचार) मा १५ प्रतिशत छुट उपलब्ध हुनेछ। यो सुविधा चैत ६ देखि वैशाख ६ गतेसम्म लागू हुनेछ।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, चिकित्सक, विद्यार्थी, स्वयंसेवक र सहयोगी संस्थालाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ। किस्ट टिचिङ हस्पिटलले यस प्रकारका कार्यक्रमहरूले जनस्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।



