दाङ- दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले आज एक सूचना जारी गर्दै रिक्त रहेको उपकुलपति पद पूर्ति गर्न योग्य र इच्छुक नेपाली नागरिकबाट आवेदन मागेको हो।
सूचनामा उल्लेख अनुसार योग्यता पुगेकाले आजदेखि एक साताभित्र दरखास्त दिन सक्नेछन्। निर्धारित मापदण्ड पूरा गर्ने उमेदवारहरूले तोकिएको समयसीमाभित्र आवेदन दिन आग्रह गरिएको प्रतिष्ठानले जनाएको छ।

Last Modified Date: २०८२ मंसिर २५, बिहीबार









