काठमाडौं – बीएण्डबी अस्पतालले आफ्ना भर्ना भएका बिरामीको स्वास्थ्य र पोषण आवश्यकतालाई ध्यानमा राख्दै अत्याधुनिक ‘इनप्यासेन्ट क्यान्टिन’ सञ्चालनमा ल्याएकाे छ। विगत एक वर्षदेखि यस क्यान्टिनमार्फत बिरामीको अवस्था, चिकित्सकको सल्लाह र पोषण आवश्यकतालाई ध्यानमा राखेर सन्तुलित खाना उपलब्ध गराइन्छ।
अस्पतालले यस व्यवस्थामार्फत स्वास्थ्य सुधार र रिकभरीमा ठोस योगदान पु¥याइरहेको जनाएको छ।
क्यान्टिन प्रबन्धक रितु जोशीले पोषण विशेषज्ञका अनुसार नै खाना प्रदान भइरहेको बताइन् । ‘धेरै बिरामीले घरबाट खाना ल्याउन सक्दैनन्। यही कारणले थ्रीसी क्याफेटेरिया खोलेको हो। हामीले डाइटिसियन टिम राखेका छौं’ उनले भनिन्, ‘सामान्य खाना बाहेक पाइपमार्फत दिइने खाना पनि उपलब्ध गराइन्छ। बिरामी र परिवारबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।’

क्लिनिकल पोषण विशेषज्ञ अंशु बज्राचार्यले भनिन्, ‘विगत एक वर्षदेखि सबै बिरामीलाई यहीँबाट खाना उपलब्ध गराइन्छ। अर्थोपेडिक्स, जनरल सर्जरी र यूरोलोजी सबै विभागका बिरामीको अवस्था अनुसार सेवा दिइन्छ। हाम्रो उद्देश्य बिरामीको स्वास्थ्य सुधार र पोषण सन्तुलन सुनिश्चित गर्नु हो।’
त्यसैगरी बीएण्डबी क्यान्टिन अन्तर्गतको थ्रीसी क्याफेटेरियाका निर्देशक अनुज कुमार श्रेष्ठले आफूहरुले हरेक बिरामीको अवस्था मूल्याङ्कन गरेर, चिकित्सकको सल्लाहअनुसार खाना उपलब्ध गराउने बताए। ‘त्यसले उपचार प्रक्रियामा अझ प्रभावकारीता ल्याउँछ’ उनले भने।

क्लिनिकल पोषण विशेषज्ञ सुनैना श्रेष्ठले थपिन्, ‘बिरामी आउँदाखेरी पोषण मूल्याङ्कन गरेर आहार योजना बनाइन्छ। यसरी बिरामीलाई सन्तुलित पोषण उपलब्ध गराइन्छ।’ त्यस्तै अर्की पोषण विशेषज्ञ सुर्जला सिंह महर्जनले भर्ना भएका बिरामीलाई उक्त क्यान्टिनले विगत एक वर्षदेखि नियमित खाना सेवा दिइरहेको बताइन्। उनका अनुसार त्यसले स्वास्थ्य सुधारमा ठोस योगदान पु¥याएको छ।

अर्की पोषण विशेषज्ञ नविना पैजुले भर्ना नभएका अन्य बिरामीलाई पनि पोषणयुक्त आहारको जानकारी र परामर्श सेवा दिइरहेको बताइन्। ‘बिरामी र परिवारलाई आहारको महत्व र स्वस्थ रहनुपर्ने उपायका बारेमा सल्लाह दिइन्छ। यसले उपचारसँगै पोषण सन्तुलन कायम राख्न सहयोग पु¥याउँछ’ उनले भनिन्।
अस्पतालका जनरल सर्जरी र यूरोलोजी प्रमुख प्राध्यापक डा.जगदिशलाल वैद्यले आफू अस्पतालको क्यान्टिनको सेवाबाट सन्तुष्ट रहेको बताए। यस्तै अर्थोपेडिक्स सर्जरी प्रमुख प्राध्यापक डा. अशोक कुमार बास्कोटाले हाम्रो धर्ममा खाने कुरा भगवानलाई दिनेजस्तो हुनुपर्ने भनिएकाले अस्वपतालको क्यान्टिनले शुद्ध र पोषणयक्त आहार प्रदान गरिरहेको बताए ।

बीएण्डबी अस्पतालको इनप्यासेन्ट क्यान्टिनले आधुनिक व्यवस्थापन, अनुभवी डाइटिसियन टिम र बिरामीको व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर खाना उपलब्ध गराउँछ। यसले बिरामीको स्वास्थ्य सुधार, उपचार प्रक्रियामा सहयोग र पोषण सन्तुलन सुनिश्चित गर्दै नेपालमा अस्पताल आहार व्यवस्थापनको उदाहरण स्थापित गरेको छ।
यस इनप्यासेन्ट क्यान्टिनले बिरामीको व्यक्तिगत स्वास्थ्य स्थिति, चिकित्सकको सल्लाह र पोषण मूल्याङ्कनलाई आधार बनाएर ‘कस्टमाइज’ खाना सेवा प्रदान गर्दै उपचारमा थप प्रभावकारीता ल्याएको छ।








