
चितवन – स्वास्थ्य डायरीका चितवन सम्पादक जय पाठक (जेपी) नगदसहित सम्मानित भएका छन् ।
चितवनस्थित भरतपुर अस्पतालले आयोजना गरेको खुला निबन्ध प्रतियोगितामा पाठक उत्कृष्ट भई सम्मानित भएका हुन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले शुक्रवार पाठकलाई नगर पुरस्कार सहित उत्कृष्ट निबन्धको प्रमाणपत्र प्रदान गरेका छन् ।
अस्पतालले गत भदौमा ‘भरतपुर अस्पताललाई अझै सेवामैत्री बनाउन कुन-कुन ठाउँमा बढी ध्यान दिनुपर्छ ?’ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा कुल ३० जनाको सहभागिता रहेको अस्पतालले जनाएको छ । पाठक सहित अन्य ३ जनालाई समेत अस्पतालले सम्मान गरेको छ ।
यसअघि अस्पतालले ‘तपाईं भरतपुर अस्पतालको मेसु भए के गर्नुहुन्छ ?’ भन्ने शीर्षकमा निबन्ध प्रतियोगितामा पाठकको लेख उत्कृष्ट २ मा पर्न सफल भई नगदसहित सम्मानित भएका थिए ।
झन्डै डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा लागेका स्वास्थ्य पत्रकार पाठक सामाजिक कार्यमा पनि सक्रिय छन् ।

भरतपुर अस्पतालमा समेत कार्यरत पाठक यसअघि उत्कृष्ट कर्मचारीमा सम्मानित भएका थिए । पाठकलाई अस्पतालको आफ्नो ५९ औँ वार्षिकोत्सवको अवसरमा नगद सहित उत्कृष्ट कर्मचारीमा चयन गरी सम्मान गरेको थियो ।
भरतपुर अस्पताल चितवनमा अनवरत रूपमा सेवारत रहि सकुशल ढङ्गले भरतपुर अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै अस्पतालको ५९ औँ वार्षिकोत्सवको सुखद अवसरमा पाठकलाई नगर पुरस्कार सहित उत्कृष्ट कर्मचारीको कदरपत्र प्रदान गरिएको थियो ।
सामाजिक सेवाको क्षेत्रमा समेत निकै सक्रिय पाठक विभिन्न संघ–संथामा नेतृत्वदायी भूमिकामा छन् । कुनै पनि विषयवस्तुमा गहिराइमा पुगेर लेख्ने कुशल लेखनशैली भएका पाठक चितवनका चर्चित स्वास्थ्य पत्रकार समेत हुन् ।



