

काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए)को आयोजनामा हुँदै आएको राष्ट्रिय स्वास्थ्य सम्मेलनको चौथो संस्करण आगामी २८ र २९ मंसिरमा हुने भएको छ । बुधबार एनएमएले पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको छ ।
नेपाल चिकित्सक संघले प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा आयोजना गर्दै आएको एनएमए नेसनल हेल्थ समिटलाई यस वर्ष पनि निरन्तरता दिने महासचिव डा सञ्जीव तिवारीले बताए ।
उनका अनुसार ‘हेल्थ वियोन्ड हेन्थ’ भन्ने मूल सन्देशसहित यस वर्षको दुई दिने सम्मेलन कार्की व्यांकेटमा हुनेछ ।
सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत विविन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुनका लागि एकीकृत रणनीति बनाउने गरी तय गर्ने योजना बनाइएको डा तिवारीले बताए ।



