
काठमाडौं- विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेसनल अस्पतालले यही असोज १३ र १४ गते निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।
निःशुल्क ओपीडीमा मुटुरोग विशेषज्ञहरु डा. नग्मा श्रेष्ठ, डा. राजीव श्रेष्ठ र डा. सन्तोष श्रेष्ठले सेवा दिनेछन् । ओपीडी मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ। निःशुल्क ओपीडीबाट सेवा लिन फोन नम्बर ०१–५९७००३२ तथा ह्वाट्स एप तथा भाइबर नम्बर ९७७–९८२३८८४४८८ नम्बरमा सम्पर्क राख्न अस्पतालले आग्रह गरेको छ ।
यस्तै, अस्पतालले मुटुसम्बन्धी परीक्षण (कार्डियाक हेल्थ प्याकेज) मा १० प्रतिशत छुटको पनि घोषणा गरेको छ ।
वर्ल्ड हर्ट फेडेरेसन र विश्व स्वास्थ्य संगठनको संयुक्त सहभागितामा सन् २००० देखि विश्व मुटु दिवस मनाउन थालिएको हो । सुरुमा २४ सेप्टेम्बरमा मनाइने गरिए पनि सन् २०११ देखि २९ सेप्टेम्बरदेखि मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा ‘युज हर्ट फर एक्सन’ रहेको छ।


