

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको सोमवार निधन भएको छ । गत माघ १० गते ब्रेन ह्यामरेज भई उनी बिरामी भएका थिए ।
कांग्रेसबाट उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष बनेका उनको सोमबार निधन भएको कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए । गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ । ४ महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै थिए ।


