

काठमाडौं : नेपाल क्यान्सर अस्पतालको ७औं वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अस्ति कार्यक्रमको अवसरमा नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको अस्पतालले जनाएको छ ।
प्रतियोगितामा डा विनिता गुरुङ, डा विजेशराज घिमिरे र स्वरुप श्रेष्ठ निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगिताका विजेताहरुको घोषणा तथा पुरुस्कार वितरण यहि जेठ २० गते गरिने आयोजकले जनाएको छ ।




