

काठमाडौं स् विज्ञापन बोर्डले अनुमति लिएर मात्र सामाजिक सञ्जालमा वस्तुकाे विज्ञापन गर्न ३ दिनको समय दिएको छ । सूचनामा सामाजिक सञ्जालमा आएका विभिन्न प्रकार र नामका चिया, तेल, स्याम्पो, औषधिजस्ता वस्तुले विभिन्न खालका रोगको समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्री वितरणका लागि भ्रमपूर्ण विज्ञापन आएको भन्दै बोर्डमा उजुरी परेको उल्लेख गरिएकाे छ ।
त्यस्ता विज्ञापन परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै ३ दिनभित्र अनुमति लिएर मात्र प्रसारण गर्न बोर्डले सूचना जारी गरेको छ । अनुमतिबिना विज्ञापन प्रसारण गरेमा कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने बोर्डले सूचनामार्फत सचेत गराएको छ ।




