
काठमाडौं : सरकाले योग र ध्यानको सन्देश विश्वभर फैलाउने गरी योगध्यान पर्यटन प्रवर्द्धन गर्ने बताएको छ ।
संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए ।
“सार्वजनिक प्रशासन शिक्षा स्वास्थ्य पर्यटन र सामाजिक विकासको क्षेत्रमा योग ध्यानका बौद्धिक र वैज्ञानिक पद्धतिलाई मुल प्रवाहीकरण गरी स्वास्थ्य र नैतिकवान् समाज निर्माण गर्न संघ, प्रदेश र स्थानीयस्तरमा योग र ध्यानको अभियान सञ्चालन गरिने छ,” उनले भने ।


