

काठमाडौँ : अछाम जिल्लाको बयालपाटा अस्पतालमा दोस्रो ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन २०२४ हिजाेबाट सुरु भएको छ । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा सम्मेनल सुरु भएको हो ।
नेपालको ग्रामिण क्षेत्रमा अर्थोपेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको पहिलो २ दिन प्रिवर्कसप सम्मेलन हुँदैछ । जसमा भिडियो एक्सरे गरेर चोटपटक लागेको बिरामीलाई कसरी राम्रो सेवादिन सकिन्छ र बिरामीहरुको चोट भिडियो एक्सरे मार्फत कसरी पत्तालगाउन सकिन्छ भनेर स्तर बृद्धि गर्न तथा हातखुट्टा टुटेको बिरामीको भिडियो एक्सरे मार्फत दुखाई कम कसरी गर्न सकिन्छ भनेर अमेरिकामा रहेको ब्राउन विश्वविद्यालयको प्राविधिक वर्कसप सुरु भएको हो ।
तेस्रो तथा अन्तिम दिन वैशाख २९ गते शनिबार देशका विभिन्न ठाँउबाट सहभागी हुन आएका अर्थोपेडिक सर्जन, एमडिजिपी डाक्टर, मेडिकल अधिकृत लगायतले आ–आफ्ना क्षेत्रमा भएका सिकाई र भोगाइ प्रस्तुत गर्नेछन् ।
यस्तै विभिन्न क्षेत्रबाट आएका डाक्टरहरुसँग ग्रामीण क्षेत्रमा ट्रमा केयर प्रदानगर्ने चुनौती र अवसरका बारेमा सामुहिक छलफल समेत हुने आयोजक न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।



