

धनगढी : कैलालीकाे धनगढीस्थित मायामेट्रो अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । आज (मंगलबार) बिहान ५ बजेको समयमा अस्पतालमा उपचाररत एक महिला बिरामीको मृत्यु भएको हो ।
सुरक्षा स्रोतका अनुसार बझाङको थलारा गाउँपालिका ६ की ४२ वर्षीया बाटुली धामीको उपचारका क्रममा मृत्यु भएको हो । पाठेघरको समस्या देखिएर १० गते अस्पताल भर्ना भएकी उनको अपरेसनपछि मृत्यु भएको बताइएको छ ।
उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । यस्तै अहिले अस्पताल तनाव भएपछि प्रहरी परिचालन गरिएको छ ।


