Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



फिचर

आफुभित्रको कला र सौन्दर्यचेत महशुस गरेपछि प्लाष्टिक सर्जन बनेका मानन्धर…

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ चैत्र १३, बुधबार
Share
Facebook Twitter

काठमाडौं । नराम्रो हुनबाट रोक्ने, नराम्रोलाई राम्रो बनाउने र राम्रोलाई थप आकर्षक बनाउने चिकित्सकीय विधा हो प्लास्टिक सर्जरी । प्लास्टिक सर्जरी र अरु सर्जरीमा के फरक होला ? हासिमजाकमा कतिपयले प्लास्टिक सर्जरी भनेको शरीरमा सामान्य प्रयोग हुने प्लास्टिक राखेर आकर्षक बनाउने वा प्लास्टिकको अंगप्रत्यंग हो भन्ने पनि बुझ्दा रहेछन् । प्लास्टिक सर्जरी मानिसको शरीरका अंगहरुलाई मिलाउने, पुनर्निर्माण गर्ने वा स्वरुपमा परिवर्तन गराउने एउटा शल्यक्रियाको पद्धति हो । प्लास्टिक सर्जरीलाई हिजोआज एस्थेटिक सर्जरी र कस्मेटिक सर्जरी पनि भनेर बुझिन्छ ।

  • पहिले बिग्रेका अंगजस्तै तालु फाटेको, ओठ फाटेको शिविरमा सीमित नेपालको प्लास्टिक सर्जरी क्षेत्रको विकास हालसम्म आउँदा मानिसको रुपनै परिवर्तन गर्ने स्तरमा पुगिसकेको छ । मानिसलाई मनलागेको जस्तो ओठ, मुख र नाक बनाउने त विकसित देशहरुको पुरानै संस्कार भइसकेको छ । नेपाल र भारतमा पनि केही सेलिब्रेटीहरु प्लास्टिक सर्जरी गराएर चर्चामा आउने गरेका छन् । काठमाडौंको अतिव्यस्त बीएण्डबी अस्पतालमा पुग्दा त्यहाँका प्लास्टिक सर्जन कृष्ण मानन्धरले आफ्नो प्लास्टिक सर्जरी क्षेत्रको क्रियाशिलता, भोगाइ र सपनाहरु बताए ।


बिराटनगरका डा. मानन्धर एकाएक प्लास्टिक सर्जरीका सुप्रख्यात चिकित्सक बनेका होइनन् । यसका पछाडी उनले गरेको दशकौंको मेहेनत, संघर्ष र धैर्यता लुकेको छ । बिराटनगरका मानन्धरको बाल्यकाल भारतको सिक्किममा बित्यो । प्रारम्भिक शिक्षा त्यतै लिएका उनले दिल्लीबाट सन् १९९३ मा प्रमाणपत्र तहको अध्ययन पुरा गरेका हुन् । त्यसपछि काठमाडौंको त्रिचन्त्र कलेजमा साइन्स पढ्न फर्किएका मानन्धरको यात्रा एमबीबीएस अध्ययनमा सोझियो । सन् २००१ मा एमबीबीएस पास गरेपछि उनले कान्तिमा बालशल्यचिकित्सकका रुपमा भोल्युन्टियर काम गरे । पैसा पाउने काम चाहिएको मानन्धर बीएण्डबी अस्प्ताल पुगे । त्यहाँ थिए प्रख्यात डाक्टरहरु श्यामबहादुर पाण्डे, डा. सञ्जय लाखे, डा. जगदिश लाल वैद्य, डा. अशोक बास्कोटा लगायत । एउटा राम्रो सर्जन बन्न राम्रो फिजिसियनपनि हुनुपर्छ भन्ने सोचेर मानन्धरले बुझेका थिए । पछि उनले डा. वैद्यको प्रेरणामा आवासीय एमआरसिएसको तयारी गरे । सन् २००६ मा बेलायतबाट परीक्षा दिएर अन्तराष्ट्रिय स्तरमा आफ्नो ज्ञानलाई विस्तार गरे ।

  • यो घटना सम्झिँदै गर्दा उनलाई वरिष्ठ युरोसर्जन डा. महेश बहादुर अधिकारीको याद आउँछ । हरेक काम सफा तरिकाले गर्ने मानन्धरको स्वभाव र शैली देखेर डा. अधिकारीले उनलाई कस्मेटिक सर्जन बन्न उपयुक्त हुने सुझाव दिएका थिए । सायद, यसै दिनदेखि डा. कृष्ण मानन्धरले आफुभित्रको कलाचेत भेटे । कस्मेटिक सर्जरी सौन्दर्यमा आधारित छ, सौन्दर्यमा कलामा आधारित छ । डा. कृष्ण मानन्धरले त्यसै अनुसार छात्रवृत्तिमा एफसीपीसी अध्ययन गरेर चीनमा प्लाष्टिक सर्जरीमा एमएस गर्न गए । २०१० देखि ११ सम्म भाषा पढेपछि सन् २०१४ मा डा.मानन्धरले चीनको प्रतिष्ठित सच्यान्सेन विश्वविद्यालय, ग्वान्जोबाट प्लाष्टिक सर्जनको उपाधि लिए ।

त्यहि वर्षदेखि उनले बीएण्डबीमा काम सूरु गरेका हुन् । प्लास्टिक सर्जनपछि उत्कृष्ठ प्लास्टिक सर्जन बन्ने लक्ष्यमा हिडेका मानन्धरको ज्ञानको तिर्खा अझै मेटिएको थिएन । उनले २०१६ मा शिक्षण अस्पताल महाराजगञ्जबाट छात्रवृत्तिमा प्लास्टिक सर्जरीको एमसीएच अध्ययन थाले र सन् २०१९ मा सम्पन्न गरे । त्यसयता उनी बिग्रिएका स्वरुप मिलाउने र राम्रोलाई सुन्दर बनाउने ध्याउन्नमा छन् । एमसीएच सिध्याएपछि नर्भिक, ह्याम्स लगायतका अस्पतालमा कार्य गरेर डा. मानन्धर ४ महिना अघि पुनः आफै हुर्किएको घर बीएण्डबीमा पुगेका छन् । बीएण्डबी अस्पतालमा प्लास्टिक सर्जरीको विभाग बनाएर उनी प्लास्टिक सर्जरीको क्षेत्रमा क्रान्ति गर्ने लक्ष्यमा दृढ भएर लागेका छन् । विभागमा मानन्धरको अलावा दुईजना प्लास्टिक सर्जन र एकजना फेलो डाक्टर राखेर विभागलाई आधुनिक आवश्यक्ता सम्बोधन गर्नसक्ने स्तरमा पुर्याएका छन् । उनी प्लास्टिक सर्जरीलाई हातका रुपमा चित्रित गर्छन । यसको फाउण्डेशन हत्केला भएपनि यसका विभिन्न औंलाहरु हुन्छन् । प्लास्टिक सर्जरीमा पनि विभिन्न विभाग र विशेषज्ञ सेवाहरु हुन्छन् । ट्रमा एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी, अंकोप्लास्टिक सर्जरी, ह्याण्ड सर्जरी, पेडियाट्रियक प्लास्टिक सर्जरी र कस्मेटिक, एस्थेटिक सर्जरी गरेर यसका पाँचवटा शाखाहरु रहेको मानन्धरले बताए । मानन्धरको सपना भनेको प्लास्टिक सर्जरीका सबै विशिष्ट विधाहरुको विशिष्ट उपचार सेवा भएको सेन्टर बनाउने हो । सबै विभागहरुको सेवा नेपालमै उपलब्ध गराएर यस्ता किसिमको सर्जरी गर्न मानिस विदेश जान नपरोस् भन्ने उनको सोच छ । यसै सोचका साथ उनी हाडजोर्नी र मुत्राशयको अस्पताल भनेर चिनिने बीएण्डबीमा प्लास्टिक सर्जरीको अन्तर्राष्ट्रिय केन्द्र निर्माण गर्ने हुटहुटीमा खटिरहका छन् । नेपालमा उपलब्ध प्लास्टिक सर्जरी स्तरीय र दक्ष छ भन्ने चिनाउन एशोसियसन अफ प्लास्टिक सर्जन्स अफ नेपालबाट पनि काम भइरहेको उनले सुनाए ।

  • ग्रीक भाषामा आकार दिनुलाई प्लास्टिकोस भनिन्छ भने जस्तो भने त्यस्तो आकार दिनुलाई प्लास्टिसिपी भन्ने गरिन्छ । प्लास्टिक सर्जरी नामको सुरुवात यहाँबाट भएको हो । यहि प्लास्टिक सर्जरीबाट कसरी अंगभंग भएकाको स्वरुप फर्काउन सकिन्छ र कसरी मानिसले सोचेझैं सुन्दरता भर्न सकिन्छ भन्नेमै दत्तचित्त मानन्धर बिरामीको दृष्टिकोणबाटै प्लास्टिक सर्जरी सुरु हुने बताउँछन् । मानिसले सोचेको जस्तै नभएपनि ९० प्रतिशत पुरा हुन्छ । यसर्थ मानिसले आफ्नो सन्तुष्टिको मापन गर्न धेरै अपेक्षा गर्नुहुँदैन । रिकन्स्ट्रक्टिभ सर्जरीबाट मानिसको हात खुट्टा, अनुहार नमिलेको भए मिलाउन सकिन्छ । जब अनुहारको अन्य कनुै अंगको पुननिर्माण हुन्छ तब बिरामीले चिकित्सकलाई भगवानसरह सम्मान दिन्छन् । कृष्ण मानन्धरसँग पनि यस्तो थुप्रै अनुभव छन् । बिरामीहरु कृतज्ञ भएर हर्षविभोर भएका पलहरु आफ्नालाई सुखद हुनेगरेको उनको अनुभव छ । पैसा खर्च नगरेर नपाइने सन्तुष्टि बिरामीहरुले कृतज्ञता ज्ञापन गर्दा प्राप्त हुनेगरेको उनले बताए ।

हालसम्म नेपालमा ३० जनाभन्दा धेरै एमसीएच गरेका सर्जनहरु भइसकेका छन् । विस्तारै यी सेवाहरु विकेन्द्रित भएका छन् भने नेपालमै विश्वस्तरीय उपचारको सुरुवातहरु भएका छन् । सरकारले वीर अस्पतालमा पनि जलन वार्ड राखेर उपचार गर्नुलाई मानन्धर सकरात्मक रुपमा लिन्छन् । जलनपछि कै अवस्थामा प्लास्टिक सर्जरीको सबैभन्दा ठूलो भूमिका छ । जलनको त्रासदीबाट फर्किँदा मानिसहरु आफ्नै रुपरंग र ढाँचा देखेर जीवनभर भित्रभित्रै जल्नबाट कस्मेटिक सर्जरीले जोगाएको छ । सरकारले ओठ, तालु फाटेका मानिसको शिविरहरुमार्फत पहिचान गरि उपचार सेवा चलाउनुपनि सकरात्मक भएको मानन्धरले बताए ।

सरकारी सेवामा रहेकी स्मार्ट टेक्नोक्रेट डा. पोमावती थापासँग लगनगाँठो कसेका डा. मानन्धरको व्यक्तिगत जीवनपनि सुखी र खुशीयालीले भरिएको छ । उनलाई हाम्रो समाजको शिक्षा थप जीवनउपयोगी होस् भन्ने चाहना छ । बालबच्चाले पाउने शिक्षा र जीवनमा त्यसको उपयोगिताले नै समाज र देशको भविष्य निर्धारण गर्ने भएकाले शिक्षालाई थप उपयोगी, उद्यमशील र व्यवहारिक बनाउँदै लैजानुपर्ने मानन्धरको सुझाव छ । प्लास्टिक सर्जरी बाहेह उनलाई समाजको शिक्षा प्रणालीमा सुधारमा योगदान गर्न मन छ । विभिन्न देशको शिक्षा प्रणाली र दक्ष जनशक्ति देखेका मानन्धरलाई सायद हाम्रो देशको शिक्षा पद्धति र यसले प्रत्येक वर्ष निर्माण गरेको अदक्ष र बेरोजगारी जनशक्ति देखेर चिन्ता लागेको हुनुपर्छ ।

स्वास्थ्य डायरी
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.