

काठमाडौँ- आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेविसंघका निशान अर्यालको प्यानल नै विजयी भएको छ ।
मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार नेविसंघको प्यानल नै निर्वाचित भएको हो ।
जसअनुसार सचिवमा सागर पंगेनी, कोषाध्यक्षमा विक्रम भुजेल तथा सदस्यमा अनु मण्डल, राम भण्डारी र याङजी गौडेल विजयी भएका छन् । स्ववियु निर्वाचनमा नेविसंघ यो क्याम्पसमा चौथोपटक प्यानल नै विजयी भएको हो ।थियो ।
कूल खसेको मत १७८ मध्ये नेविसंघका अर्यालले ९६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत प्राप्त गरेका छन् भने १ मत बदर भयो । समानुपतिक मतमा पनि नेपाल विद्यार्थी संघले धेरै मत पाउँदै ३ सिट सुरक्षित गरेको छ ।
यहाँ अनेरास्ववियु, अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियूको गठबन्धन थियो भने नेविसंघ एक्लै लडेको