काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट बिहीबार राति ह्याक भएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, हाल साइटलाई नियन्त्रणमा ल्याउने कार्य जारी रहेको छ।
“साइटका कन्टेन्टमा कुनै क्षति पुगेको छैन। सूचना तथा सञ्चार मन्त्रालयले वेबसाइट पुनःस्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको छ,” प्रवक्ता बुढाथोकीले जानकारी दिए।