ललितपुर, १९ असोज । स्तन क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र (NCHRC) ले विशेष छुट योजना ल्याएको छ। प्रत्येक वर्ष अक्टोबर महिनालाई “स्तन क्यान्सर सचेतना महिना”का रूपमा मनाइने क्रममा, अस्पतालले आफ्ना स्वास्थ्य सेवामा छुट प्रदान गर्ने घोषणा गरेको हो। अस्पतालका अनुसार यो अभियान अन्तर्गत म्यामोग्राफी र ब्रेस्ट ओपीडी परामर्शमा ५० प्रतिशत तथा स्तनको अल्ट्रासाउण्ड (USG) सेवामा १५ प्रतिशत छुट उपलब्ध गराइनेछ।यो कार्यक्रम अस्पतालको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुरु गरिएको जनाइएको छ। एनसीएचआरसीका प्रतिनिधिहरूका अनुसार स्तन क्यान्सरको प्रारम्भिक पहिचान र समयमै उपचारले धेरै महिलाको जीवन बचाउन सकिन्छ। उनीहरूले महिलालाई स्वास्थ्यप्रति सचेत रहन, नियमित परीक्षण गराउन र समुदायमा…
ट्रेन्डिङ
- प्रधानमन्त्री बालेन र लिङ्देनबीच भेट, स्वास्थ्य बिमा र स्वास्थ्य समता शुल्कबारे छलफल
- भाेलिदेखि निजी अस्पतालकाे उपचार महँगो, ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू
- पत्रकारको उपचारमा सहुलियत दिने निर्णय
- भक्तपुरमा साढे २ अर्बको नागरिक कम्युनिटी टिचिङ अस्पताल निर्माण सुरु
- आफ्नै मस्तिष्कको ट्युमरमा प्रयोगात्मक उपचार परीक्षण गर्ने अष्ट्रेलियाली क्यान्सर विशेषज्ञको निधन

