झापा, १८ कार्तिक । अर्जुनधाराका ९१ वर्षीय लक्ष्मीकान्त रिसालको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजमा मुटुको एन्जियोप्लास्टी गरिएको छ। अस्पतालका अनुसार डा. उमेश यादवको नेतृत्वको टोलीले गरेको एन्जियोप्लास्टी सफल भएको हो। रिसाल अहिले स्वास्थ्यलाभ गरिरहेका छन्।

छाती दुख्न थालेपछि सुरुमा ग्यास्ट्रिकको समस्या हो कि भन्ने ठानेको परिवारले जनाएको छ। दुखाइ बढेपछि नजिकको अस्पतालमा जाँच गराउँदा ईसीजी गरेर थप उपचारका लागि बीएन्डसी जान सल्लाह दिइएको उनका नाति विनोद रिसालले बताए।

विनोदका अनुसार बीएन्डसीमा परीक्षणपछि चिकित्सकले तत्काल एन्जियोप्लास्टी गर्नुपर्ने बताएका थिए। हजुरबुवाको उमेरका कारण प्रक्रिया गराउने वा नगराउने भन्ने दोधार भए पनि चिकित्सकको सल्लाहअनुसार उपचार अघि बढाउन र एन्जिओप्लास्टी गर्न आफैले सहमति दिएको उनले बताए ।
एन्जियोप्लास्टीपछि हजुरबुवाको स्वास्थ्यमा सुधार आएको र अहिले उहाँको अवस्था राम्रो रहेको छ ।







