काठमाडौं, १८ कार्तिक । अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै अनशनमा रहेका केसीसँग संवाद गर्न समिति गठन गरिएको हो।

इलाममा २५औँ अनशन सुरु गरेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
Last Modified Date: २०८३ कार्तिक १९, बुधबार








