काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा पेशागत क्षेत्रबाट केन्द्रीय सदस्य चुनिएका पाँच जनामध्ये डा. केदार नरसिंह केसीले सबैभन्दा बढी मत ल्याएका छन्। नेपाल चिकित्सक संघका पूर्वअध्यक्षसमेत रहेका केसी ३ हजार २५३ मतसहित निर्वाचित भएका हुन्।
मतपरिणामअनुसार प्रा.डा. जगदीशचन्द्र पोखरेलले २ हजार ५७७ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्। अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो भएका छन्।
यसैगरी बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र १ हजार ४७८ मत ल्याएर चौथो स्थानमा निर्वाचित भएका छन्। पाँचौँ स्थानमा रहेका केशव निरौलाले १ हजार २३२ मत पाएका छन्।
पेशागत क्षेत्रका पाँच केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा यी पाँचै जना विजयी भएका हुन्।
Last Modified Date: २०८३ आश्विन २९, बिहीबार








