

काठमाडौं । नेपाल क्यान्सर सम्मेलन (एनसिसी–२०२६) काठमाडौंमा सम्पन्न भएको छ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको आयोजनामा शुक्रबारदेखि सुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको हो ।

क्यान्सरको उपचार, निदान तथा अनुसन्धानका क्षेत्रमा देखिएका चुनौतीसँगै उपचारमा भित्रिएका नयाँ प्रविधिबारे सम्मेलनमा छलफल गरिएको आयोजकले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा क्यान्सर उपचारका पछिल्ला अभ्यास, अनुभव र नयाँ सिकाइ आदानप्रदान गरिएको थियो ।
क्यान्सरका बिरामीको उपचारमा देखिएका विभिन्न चुनौती, उपचारका नयाँ प्रविधि तथा क्यान्सरको क्षेत्रमा भइरहेका अनुसन्धानका विषयमा विज्ञहरूले आफ्ना अनुभव र ज्ञान प्रस्तुत गरेका थिए ।

सम्मेलनको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. लेखजंग थापाले गरेका थिए । सम्मेलनमा क्यान्सर उपचार तथा अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो ।

















