

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका सदस्य डा. दिपेन्द्र पाण्डेलाई पुनः निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएको छ।
मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाअन्तर्गत चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखाले जारी गरेको पत्रअनुसार मन्त्रालयको साउन १८ गतेको निर्णयबमोजिम डा. पाण्डेलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारी तोकिएको हो।
मन्त्रालयले नेपाल मेडिकल काउन्सिलकोसाउन १३ गतेको सिफारिसका आधारमा उक्त निर्णय गरेको जनाएको छ। निर्णयअनुसार डा. पाण्डेले अर्को व्यवस्था नभएसम्म काउन्सिलको दैनिक प्रशासनिक तथा कार्यकारी जिम्मेवारी सम्हाल्नेछन्।
यस सम्बन्धमा आवश्यक कार्यान्वयनका लागि मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई औपचारिक जानकारी गराइसकेको छ।



