

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष तथा २०८२ साल पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ।
बोर्डका अनुसार पछिल्लो चरणमा २०८२ पुस महिनासम्म स्वीकृत भएका दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको छ।
यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत भएका सबै स्वास्थ्य बीमा दाबीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा निरन्तर गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि भुक्तानी प्रक्रियालाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।



