

काठमाडौं – नेपाल सरकारले नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारी डा. अजय कुमार शाहलाई दिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले जारी गरेको पत्रअनुसार काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको अनुपस्थितिमा काउन्सिलकै सदस्य डा. अजय कुमार शाहलाई निमित्त रजिष्ट्रार तोकिएको हो।



