काठमाडौं – नेपाल औषधि व्यवसायी संघ (एपोन)का अध्यक्ष विप्लव अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
अधिकारीले औषधि उत्पादक क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघमा आफ्नो उपस्थिति जनाउने उद्देश्यसहित उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्। उनका अनुसार वस्तुगत तर्फको उम्मेदवार संघकै प्रतिष्ठासँग जोडिएको विषय भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको छ।
“हामी सबैले मेहनत गर्यौं भने सहजै चुनाव जित्न सक्छौं,” उनले भने, “लामो समयपछि संघलाई महासंघमा पुनः स्थापित गर्ने अवसर आएको छ, यसलाई सबै मिलेर सफल बनाऔं।”
एपोनमा सदस्यदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका अधिकारीले आफ्नो नेतृत्व क्षमता स्थापित गरिसकेको बताइन्छ। उद्यमशीलता प्रवर्द्धन तथा उद्योगी व्यवसायीको हकहितका पक्षमा उनले निरन्तर सक्रिय भूमिका खेल्दै आएका छन्।







