काठमाडौं – नेपाल नर्सिङ एसोसियसनले सरकारी नर्स सरह सेवा सुविधा र पारिश्रमिक पाउनुपर्ने मागसहित देशभर सुरु गरेको आन्दोलनको समर्थनमा सिभिल हस्पिटलमा कार्यरत नर्सहरूले पनि आज शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेका छन्।
सिभिल हस्पिटल परिसरमा बिहानदेखि नर्सहरूले हातमा विभिन्न मागसहितका प्लेकार्ड प्रदर्शन गर्दै धर्ना बसेका थिए। उनीहरूले “हाम्रो मिहिनेतको उचित मूल्य देऊ”, “नर्सको सम्मान गर”, “बराबरी सेवा सुविधा हाम्रो अधिकार हो” जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

उनीहरूले अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयलाई तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्।
Last Modified Date: २०८२ कार्तिक १४, शुक्रबार








