डडेल्धुरा – डडेल्धुरा मेडिकल कलेजका लागि सुदूरपश्चिम विश्वविद्यालयले चारजना उपप्राध्यापक माग गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डीनको कार्यालय डडेल्धुराले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुकबाट दरखास्त आह्वान गरेको हो ।

यही चैत २० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । अनलाइनबाट आवेदन दिन सकिने छ ।

Last Modified Date: २०८१ चैत्र ६, बुधबार







