
काठमाडौं- पोलियो एक जीवाणुबाट सर्ने रोग हो । यो दूषित खाना र पानीको माध्यमबाट श्रेण गर्छ । यो रोग लागेमा अतिशीघ्र लुलो र पक्षघात हुनुको साथै मूत्यु समेत हुनसक्छ ।
पोलियो रोगको भाइरस निकै संक्रामक हुन्छ । रोगीको घाँटी तथा आन्द्रामा यो भाइरस रहन्छ । पोलियो रोगीको दिसाबाट यी भाइरसहरु बाहिर निस्कन्छन् र वातावरणमा फैलिन्छन् । पोलियोको भाइरस दूषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा प्रवेश गर्छ र दिसाबाट बाहिर निस्केर अरुमा सर्छ ।
नेपालमा यो रोग उन्मुलन गर्न २०४५ सालदेखि देशभरीबाट पोलियो थोपा खुवाउने अभियान सुरु भएको इतिहास छ ।
यसको अहिलेसम्म ६ करोडभन्दा बढी डोज पुगिसकेको छ । अहिले शिशुलाई ६, १० र १४ हप्तामा ३ मात्राको पोलियो थोपा र १४ हप्ता वा ९ महिनामा सुइको माध्यम्बाट आपिभी खोप दिने गरिएको प्रमुख बाल स्वास्थ्य तथा खोप सेवा शाखाका डा अभियान गौतमले बताए ।
अहिले पनि समय समयमा खोप अभियान सञ्चालन भइरहेको उनले बताए । पोलियो रोगबाट बच्नका लागि खोपसँगै खानपानमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । अहिले १५ वर्षभन्दा मुनिका बालबालिकालाई अतिसिघ्र निलो पक्षघात भएको छ कि छैन खोज्ने, नमूना सङ्कलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
सर्वप्रथम जोनास टलले पोलियोविरुद्धको खोप बनाएका थिए । अक्टोब २४ मा उनको जन्मदिन रहेको र त्यसको सम्झनामा विश्व पोलियो दिवश मनाउने गरिएको डाक्टर गौतम बताउँछन् ।
पोलियो रोग लागेपछि यसको उपचार सम्भव छैन । पोलियो रोगको संक्रमण रोक्ने एकमात्र प्रभावकारी उपाय भनेको खोप तालिका अनुसार पोलियो रोग बिरुद्ध खोप दिनु नै पर्ने हो ।
अहिले नेपालमा पोलियो निवारण भएको छ । नेपालमा सन् २०१० मा अन्तिमपटक पोलियो देखिएको डाक्टरको भनाइ छ । त्यसप्रति नेपालमा सन् २०१४ देखि पोलियो निवारण भएको थियो ।
पोलियो भाइरसबाट सङ्क्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरहरुका अनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।
पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरहरुको भनाइ छ । यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो विरुद्धको खोप नै भएको डाक्टर गौतमले बताए ।



