
काठमाडौं– नेपालमा क्यान्सर उपचारका क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल भएको छ। प्रारम्भिक ग्यास्ट्रिक क्यान्सर शल्यक्रिया नगरी निको पार्न सकिने अत्याधुनिक प्रविधि एन्डोस्कोपिक सबम्यूकोसल डिसेक्सन (इएसडी) अब नेपालमै नियमित रूपमा उपलब्ध भएको छ।
ग्यास्ट्रिक क्यान्सर नेपालमा पनि तीव्र रूपमा बढ्दै गएको स्वास्थ्य चुनौती हो। धेरैजसो बिरामीमा सुरुआतमै लक्षण नदेखिने भएकाले रोग उन्नत चरणमा पुगेपछि मात्र पहिचान हुने समस्या छ। तर समयमै पत्ता लागेमा क्यान्सरलाई शल्यक्रिया नगरी हटाउन सकिने यो प्रविधि विश्वभर प्रभावकारी मानिन्छ।
ह्याम्स अस्पतालका गैस्ट्रोएन्टेरोलोजिस्ट डा. विवेक पूर्बेले चीनका विश्व–स्तरीय इएसडी केन्द्रहरूमा विशेष प्रशिक्षण लिएपछि नेपालमा पहिलोपटक नियमित ग्यास्ट्रिक इएसडी सेवा सञ्चालन गरेका छन्। यसले नेपालमा ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर(जीआइ) क्यान्सर उपचारको क्षमतामा नयाँ उचाइ थपेको चिकित्सकहरू बताउँछन्।
इएसडी भनेको के हो ?
इएसडी एक उच्च–स्तरको एन्डोस्कोपिक प्रविधि हो जसमा क्यान्सर भएको टिस्यु सबम्यूकोसा तहबाट ‘एन–ब्लक’ विधिबाट एकैपटक निकालिन्छ।
यो प्रक्रियामा पेट च्य्राउनु वा ठूलो शल्यक्रिया गर्नुपर्दैन। एन्डोस्कोप, विशेष ‘एन्डोस्कोपिक नाइफ’ र अत्याधुनिक इलेक्ट्रोसर्जरी प्रणाली (जस्तै ERBE VIO 3) को प्रयोग गरिन्छ।
इएसडीका प्रमुख फाइदा
- शल्यक्रियाविहीन उपचार – पेट नकाटीकन प्रारम्भिक क्यान्सर पूर्ण रूपमा हटाउन सकिन्छ।
- जीवनस्तर जोगिने – पेटको संरचना जोगिने भएकाले खानपान, पाचन वा दिनचर्यामा न्यून प्रभाव।
- कम जोखिम – रक्तस्राव, संक्रमण वा जटिलता न्यून।
- छिटो रिकभरी – बिरामी सामान्यतः २४–४८ घण्टामै दैनिकीमा फर्कन सक्छन्।
- उच्च सफलता दर – अन्तर्राष्ट्रिय अध्ययनहरूमा ९०–९५ प्रतिशत सफलतादर प्रमाणित।
नेपालमा यस प्रविधि किन अत्यावश्यक ?
नेपालमा पेट–सम्बन्धी क्यान्सरको दर उच्च भए पनि
– नियमित स्क्रिनिङको अभाव
– प्रारम्भिक लक्षण बेवास्ता
– वैकल्पिक उपचारको सीमितता
– विदेश जानुपर्ने बाध्यता
जस्ता कारणले धेरै बिरामी ढिलो उपचारमा पुग्छन्।
इएसडी सुरु भएपछि…
- विदेश जाने आवश्यकतामा कमी
- उपचारमा समय बचत
- खर्च घट्ने
- गुणस्तरीय सेवा नेपालमै उपलब्ध
जस्ता ठूलो परिवर्तन आएको चिकित्सकहरूको भनाइ छ।
डा. पुर्बेयको पहल: नेपालमा नयाँ अध्याय
इएसडी सुरु गर्न अत्याधुनिक उपकरण, उच्च दक्षता र तालिमप्राप्त टीम आवश्यक हुन्छ।
डा. पुर्बेयले चीनका अग्रणी तेस्रो–स्पेस एन्डोस्कोपी केन्द्रहरूमा गरेको विशेष प्रशिक्षण नै नेपालमा यो सेवा प्रारम्भ हुने मुख्य आधार भएको स्वास्थ्यकर्मीहरूको मूल्यांकन छ।
यो केवल एक सेवा सुरु हुनु मात्र होइन, नेपालमा जीआइ क्यान्सर उपचार क्षमतामा ठूलो उछाल भएको चिकित्सकहरूको धारणा छ।
कसलाई इएसडी आवश्यक हुन्छ ?
- प्रारम्भिक ग्यास्ट्रिक क्यान्सर
- उच्च–ग्रेड डिस्प्लेसिया
- फ्लाट वा डेप्रेस्ड लेसन
- साना क्यान्सर घाउ
- ‘एन–ब्लक’ रिमुभल आवश्यक हुने जटिल केस
समयमै ग्यास्ट्रोस्कोपी गराए यी अवस्था सुरुआतमै पहिचान गर्न सकिन्छ।
बिरामीको जीवनमा आएको परिवर्तन
इएसडी सेवाले हालसम्म धेरै ठूला सुधारहरू देखाएको अस्पतालको दाबी छ–
१. उपचारमा चाँडोपन – विदेश जाने जटिलता घटेपछि उपचार समयमै सम्भव।
२. जीवनस्तरमा सुधार – शल्यक्रियाको तुलनामा कम पीडा र छिटो निको हुने।
३. आर्थिक बोझमा कमी – विदेश खर्चको ठूलो बचत।
४. जनचेतनामा वृद्धि – प्रारम्भिक स्क्रिनिङप्रति रुचि बढ्दै।
नेपालमा इएसडी सेवा सुरु हुनु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय फड्को हो। ह्याम्स अस्पताल र डा. विवेक पुर्बेयको पहलले क्यान्सर उपचारको पहुँच, गुणस्तर र सफलता दरमा ठूलो सम्भावना खोलेको छ। समयमै स्क्रिनिङ, आधुनिक प्रविधि र विशेषज्ञ हस्तक्षेपको संयोजनले अब धेरै नेपालीको जीवन जोगिन सक्छ।


