काठमाडौं- त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा डा सुवाश आचार्य नियुक्त भएका छन् । त्रिविले उनलाई छनोट समितिले दिएको सिफारिसका आधारमा निर्देशकमा नियुक्त गरेको हो ।
डा आचार्य अस्पतालमा क्रिटिकल केयर विभागको प्रमुखका रुपमा कार्यरत थिए ।
यस्तै महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखमा डा सुरेश उप्रेती नियुक्त भएका छन् । यसअघि उनी सहायक क्याम्पस प्रमुख थिए ।