

कैलाली– स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि दिल्लीको म्याक्स अस्पतालमा भर्ना गरिएको छ। उनकी छोरी आर्जुले यसबारे जानकारी दिएकी हुन् ।
श्वास फेर्न समस्या भएपछि शुक्रबार नै हमाललाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि दिल्ली पठाइएको हो । दिल्लीका बुवाको अवस्था सामान्य रहेको जानकारी दिँदै छोरी आर्जुले उपचारका लागि यति धेरै दूरी पार गर्नुपर्ने अवस्था रहेको बताएकी छिन् ।
उनले नेपालमै गुणस्तरिय स्वास्थ्य सेवा आवश्यक रहेको उल्लेख गर्दै कैलालीमै मेडिकल कलेज आवश्यक रहेको बताएकी छिन् ।
२०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका हुन् ।




