

-डा नितिश बिक्रम देव
अर्थोपेडिक्स मुख्यतया हड्डी, जोर्नी, मांसपेशी, टेन्डन, लिगामेन्ट, स्नायु, मेरुदण्डको स्तम्भ लगायतका अंगको शल्यक्रिया हो । भने, पेडियाट्रिक अर्थोपेडिक्स् बालबालिकाको विभिन्न अंगको शल्यक्रिया हो ।
पेडियाट्रिक अर्थोपेडिक्स् एक अर्थोपेडिक हो । जसमा बच्चा जन्मेदेखि १६ दिन १८ वर्षसम्मको व्यक्तिमा हुने सबै किसिमका अर्थोपेडिक समस्याको समाधान गरिन्छ । बच्चा जन्मिनुभन्दा पहिला हुने स्क्रिनिङ वा परामर्श दिन जन्मिएको बच्चामा हुने जुनसुकै समस्याको स्क्रिनिङ गर्ने वा परामर्श दिने तथा त्यसको उपचार तिर जाने गरिन्छ ।
यसमा १८ वर्षसम्मका बालबालिकाको हड्डिमा हुने चोटपटक, लिगामेन्ट च्यातिने, जोर्नीको संक्रमण, हड्डिमा हुने संक्रमण लगायतला विभिन्न समस्याहरुको समाधान गरिन्छ । जन्मजात हुने समस्याहरू जोर्नी खुस्केको, हड्डि टेडो भएको तथा सम्पूर्ण समस्याको समधान यसमा पर्दछ । बच्चाको मांसपेशीमा हुने कमजोरी, पक्षघात, हड्डि तथा मांसपेशीमा विभिन्न तत्वको कमी हुने जस्ता समस्याको समाधान यसमा गरिन्छ ।
त्यस्तै विभिन्न सर्जरीको कारणले पर्ने असर, मेरूदण्डमा हुने सम्पूर्ण समस्या, हड्डि तथा मांसपेशीमा हुने विभिन्न ट्युमर लगायतको उपचार पनि यसमा पर्दछन् ।
शरीरको बनावट ठिक ठाउँमा नभएर त्यसले गर्दा विभिन्न किसिमका समस्या निम्त्याउन सक्छ भने त्यस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ । त्यस्तै जन्मजात हिपको जोर्नी खुस्केको, ट्युमरको शल्यक्रिया, नसामा हुने चोटपटकको लागि पनि शल्यक्रिया गर्नुपर्छ । जुन पेडियाट्रिक अर्थोपेडिक्समा पर्दछ ।
बालबालिकाको उपचार बाल विशेषज्ञबाट नै गराउनुपर्छ । बाल विशेषज्ञले जटिल शल्यक्रिया पनि गर्न सक्ने र सहि सल्लाह दिनसक्ने भएकाले बालबालिकाको उपचारमा सहज हुन्छ । छोटो समयमा उपचार पनि हुन्छ ।
बच्चामा हुने कुनैपनि समस्याको समयमा नै समाधान खोजिएन भने त्यस्तो समस्या झन् बढ्दै जाने वा निको हुने कठिन हुनसक्छ । अहिले कम सययमा निको हुने समस्या छ भने पछि बढी समय लाग्ने वा निको नै नहुने हुनसक्छ । त्यसैले समयमै समाधान गर्न चिकित्सकसँग परामर्श लिनुपर्छ ।
(डा नितिश पेडियाट्रिक अर्थोपेडिक सर्जनको रुपमा ईशान बाल तथा महिला अस्पताल, बसुन्धारामा कार्यरत छन् ।)



