

डडेल्धुरा- डेंगु संक्रमणबाट डडेल्धुराका एकजनाको मृत्यु भएको छ । अजयमेरू गाउँपालिका –१ का कोटेलीका आन्दाजी ५२ वर्षीय राम सिंह खडकाको संक्रमबाट मृत्यु भएको हो ।
रोजगारीको शिलशिलामा भारतको बेङ्गोर भएका बेला उनलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले बताएको छ । त्यहाँबाट उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल ल्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनका २ सन्तान रहेका छन् ।



